Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न काग्रेसको माग


2.2K
Shares

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न काग्रेसको माग

काठमाण्डौ – नेपाली काग्रेसले सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले घुस मागेको भन्ने विषयमा विवादास्पद अडियो सार्वजनिक भएपछि उहाँलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री बास्कोटाले पदबाट राजीनामा दिनुपर्ने भन्दै चौतर्फीरुपमा माग उठेका बेला काङ्ग्रेसले पनि प्रेस विज्ञप्ति निकाल्दै सञ्चार मन्त्री बास्कोटालाई पदबाट बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

ु७० करोड रुपैयाँ कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काङ्ग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछु, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology