Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फिल्म सुटिङका क्रममा क्रेन दुर्घटना : ३ जनाको मृत्यु, ९ घाइते


1.3K
Shares

फिल्म सुटिङका क्रममा क्रेन दुर्घटना : ३ जनाको मृत्यु, ९ घाइते

एजेन्सी– बलिउड अभिनेता कमल हसनको फिल्म सुटिङका क्रममा सेटमा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।
फिल्म ‘इण्डियन टु’ को सुटिङमा भएको उक्त दुर्घटना परि अभिनेता हसन भने सकुशल रहनु भएको जनाइएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

नजरतपटस्थित एउटा निजी स्टुडियोमा सुटिङ भइरहेका बेला उक्त दुर्घटना भएको हो । प्रहरीले घटनाका बारेमा विस्तृत जानकारी दिएको छैन।

तमिल भाषामा निर्माणाधीन एक्सन थ्रिलर उक्त फिल्मको निर्देशन एस शंकरले गरिरहेका छन्। यो १९९६ मा निर्माण भएको फिल्म ‘इण्डियन’ को सिक्वेल हो। फिल्ममा कमल हसन र काजल अग्रवालको मुख्य भूमिका छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology