Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

दुई लाख घुस सहित सिंचाई कार्यालयका प्रमुख पक्राउ


7.2K
Shares

दुई लाख घुस सहित सिंचाई कार्यालयका प्रमुख पक्राउ

काठमाडौँ । दुई लाख रुपैया घुस सहित जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन, बैतडीमा कार्यरत निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेश राज भट्ट पक्राउ परेका छन् ।

चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले भट्टलाई रङगेहात पक्राउ गरेको हो ।

घुस बापतको रकम १ लाख र स्रोत नखुलेको थप एक लाख गरी रु २ लाखसहित निजकै कार्यालयबाट भट्टलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology