गोरखा ७, फागुन गोरखाको पालुङटार क्षेत्रमा पछिल्लो समय सिङ्गुस आंतक नै बढ्न थालेको छ । केहि समयदेखि त्यसक्षेत्रमा सिङ्गुसको टोकाईबाट मानिसहरु घाइते हुने क्रम बढेको छ । बुधबार भण्डारथोकमा सिङगुसले चिल्दा २ जना स्थानिय घाईते भएका छन ।
पालुङटार नगरपालिका ३ को भण्डाथोकको जंगलमा गएका स्थानियलाई चिल्दा २ जना घाईते भएका हुन ।गाउँ नजिकको जंगलमा गाई बस्तु चराउन गएका मध्ये २१ बर्षिया अस्मिता गिरी र ४५ बर्षिया शेषमती गिरीलाई सिङगुसले चिल्दा घाईते भएकी हुन ।
दुवैलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि भरतपुर पठाईएको पालुङटार प्रहरीले जानकारी दिएको छ । मौरी प्रजातीको यो किराले मौरीले जस्तै मह संकलन गर्ने गर्दछ । अरु भन्दा बढी रिसाह हुने यो किरा गुणको वरपर कोही आएको खण्डमा त्यस माथि खनिने गर्दछ ।
पालुङटार क्षेत्रमा सिङगुसको ठुलै बासस्थान रहेको छ । धेरै सिङगुसले एकै पल्ट एकै ब्यक्तिलाई चिल्दा मृत्यु समेत हुने गरेको छ । गएको कात्तिकमा सिंड्गुसको टोकाईबाट ६ जना घाइते भएका थिए भने यसअघि गएको चैतमा पनि सिङ्गुसको टोकाईबाट पालुङटारमा १५ जना घाइते भएका थिए ।