पूर्व सभामुख कृष्ण बहादुर महाले कुनै गल्ती नगरेका दाबी गर्दै एम.सि.सि का कारण आफुलाई फसाईएको बताउनु भएको छ । अदालतले जे फैसला सुनाएको छ त्यो नै सत्य भएको पनि बताउनु भयो । काठमाडौ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्धामा सफाई दिए संगै महराले यस्तो बताउनु भएको हो । आफुले कुनै गल्ती नगरेको र आफुले कुनै अपराध नगरेको पनि बताउनु भयो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा आफुले टेबल गर्न नदिएको पनि जिकीर गर्नु भयो । एमसीसीको बिषयमा सबै भन्दा जानकार आफु नै रहेको बताउदै आफुले संसदमा टेबुल गर्नको निमिक्त अनुमति नदिएको पनि बताउनु हुदै संसदबाट अनुमोदन नै गर्न हुन्न भन्ने पक्षमा आफु नरहेको पनि महराले बताउनु भयो ।
एमसीसी टेबल गर्न केहि समय वेट गर्नुृ पर्छ भन्ने मेरो मान्यता हो अनुमोदन नै गर्न हुदैन भन्ने पक्षमा भने आफु नरहेको पनि दाबी गर्नु भयो । एमसीसीलाई कुनै तरिकाले हल गर्नु पर्छ भन्ने मैले सोचिरहेको थिए तर आफु जेल पर्नुको कारण धेरै होला तर एउटा कारण एमसीसी पनि एक हो उहाँले भन्नुभयो । पुर्पक्षका लागि आफु जेलमा बस्दा ठुला नेताहरुले आफुलाई नभेटेको बताउदै पुर्पक्षका लागि आफु जेल बस्दा राज्यलाई राम्रो संग बुभझेको पनि बताउनु भयो ।