Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माध्यामिक तहमा ऐच्छिक गणित नहटाएको दावी


5.3K
Shares

माध्यामिक तहमा ऐच्छिक गणित नहटाएको दावी

काठमाण्डौ । पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र १० मा ऐच्छिक गणित विषय नहटाएको दावी गरेको छ । शैक्षिक सत्र २०७७ देखि ऐच्छिक गणित हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि केन्द्रले माध्यमिक शिक्षा कार्यक्रम अन्तर्गत कक्षा नौ र १० मा ऐच्छिक गणित विषय गत शैक्षिक सत्र २०७५ देखि नै लागू गरिसकिएको प्रष्ट पारेको हो ।

केन्द्रले हालै जारी गरेको एक सूचनामा कक्षा नौ र १० का लागि विभिन्न ऐच्छिक विषय उल्लेख गरे पनि ऐच्छिक गणित समावेश थिएन । केन्द्रले गत पुस नौ गते निकालेको सूचनामा कक्षा नौ मा ११ ऐच्छिक विषय र कक्षा १० मा नौ वटा ऐच्छिक विषय समावेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology