Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका एक प्रधानध्यापकले १८ लाख भन्दा बढि भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी


5.6K
Shares

गोरखाका एक प्रधानध्यापकले १८ लाख भन्दा बढि भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

गोरखा ७, फागुन । गोरखाको सिरानचोक गाऊँपालिका वडा नम्वर १ केराबारीस्थित नेपाने माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध काठमाण्डौं जिल्ला अदालतमा एकैदिन ३ वटा भ्रष्टाचारको उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक साह र शिक्षा विकास तथा समन्वय ईकाईका प्राविधिक सव इन्जिनियर विकास झा विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक साहले विद्यालयका लागि विभिन्न शिर्षकमा आएको ५ लाख ९५ हजार ४ सय रुपैयाँ अनुदान गलत कागजात बनाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । यस्तै शिक्षा विकास तथा समन्वय इकाईका सव इन्जिनियर विकास झाले प्रधानाध्यापक साहसँग मिलेर विभिन्न शिर्षकमा ३ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।

यसैबीच जिल्ला शिक्षा कार्यलय गोरखाबाट लाईब्रेरी व्यवस्थापनका लागि फिक्सिङ र किताव खरिद शिर्षकमा निकासा भएको रकम पनि प्रधानाध्यापक साहले हिनामिना गरेको अख्तियारले जनाएको छ । साहले विभिन्न शीर्षकमा कागजात तयार गरी लाईब्रेरीको ६ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ ।

साहले साविक जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि भन्दै साढे २ लाख रुपैयाँ पनि हिनामिना गरेको पुष्टी भएको अख्तियारले जनाएको छ । विद्यालय मर्मतका लागि प्राप्त बजेट दुरुपयोग भएकोमा विरोध गर्दै स्थानीयबासीले गएको जेठ १२ र १३ गते विद्यालयमा तालासमेत लगाएका थिए । साउन १ गतेबाट लागु हुनेगरी प्रधानाध्यापक पदबाट राजिनामा दिने समझदारीपछि ताला खुलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology