काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी ओली स्वास्थ्यमा समस्या आएपछि मंगलबार साँझ अस्पताल भर्ना हुनुभएको छ । उहाँ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीको अहिले सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भइरहेको छ। यसअघि ओली डायलासिसका लागि मनमोहन सेन्टरमा नियमित जाने गर्नुभएको थियो ।
सेन्टरका एक चिकित्सिकले यस पटक प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समय यता नियमित डायलासिस गराउँदै आउनुभएको थियो ।