Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विश्वविद्यालयले नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्छ : शिक्षामन्त्री पोखरेल


3K
Shares

विश्वविद्यालयले नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं ६, फागुन । शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वबिद्यालयले नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्ने बताउनु भएको छ । मंगलबार राजधानीको बानेश्वर बहुमुखी क्याम्पसको २९ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘बिगतको ज्ञान हस्तान्तरण गर्ने विश्वबिद्यालय शिक्षावाट माथि उठेर बिश्वबिद्यालयहरुले अब नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्दछ ।’

मन्त्री पोखरेलले युगमा आएको परिवर्तनलाई आत्मसात गर्दै नवप्रवर्तन र अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री पोखरेलले विश्वबिद्यालयले राष्ट्र हाँक्न सक्ने जनशक्ति उत्पादन गरे समृद्धिको यात्रा सफल हुने बताउनुभयो ।  पोखरेलले कामको संसारसँग पढाइको संसार मेल खानुपर्नेमा जोड दिंदै शिक्षाको राष्ट्रिय नीति ल्याइएको दावी गर्नुभयो ।

 

कार्यक्रममा अनेरास्ववियूका नेता विजय गौतमले २१ औं शताब्दीका विद्यार्थीलाई १७र१८ औं शताब्दीको पाठ्यक्रम र शिक्षणबिधिले पढाएर अपेक्षित उपलब्धि हासिल हुन नसक्ने उल्लेख गर्नुभयो । नेबिसंघका महामन्त्री बलदेब तिमल्सिनाले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । क्याम्पस प्रमुख घमानसिं बस्नेतले बानेश्वर क्याम्पसले सस्तो शुल्कमा स्तरिय शिक्षा दिइरहेको दाबी गर्नुभयो।

कार्यक्रममा प्रदेश सांसदहरु गणेश दुलाल र लक्ष्मण लम्साल, सभासद तारानारायण श्रेष्ठ, विद्यार्थी नेताहरु रबिन बस्नेत, श्याम रोका, नवीन शाही लगायतको उपस्थिति रहेको थियो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई तथा अतिरिक्त क्रियाकलापका विजेतालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology