Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

संसदको बैठक आज बस्दै : महरा बैठकमा उपस्थित हुन्छन् कि हुदैनन् ?


4.1K
Shares

संसदको बैठक आज बस्दै : महरा बैठकमा उपस्थित हुन्छन् कि हुदैनन् ?

काठमाण्डौ ।सङ्घीय संसद् बैठकमा आज विभिन्न विधेयक पेश गरिनुका साथै विभिन्न मन्त्रालयका कामकारबाही बारे प्रश्नोत्तर हुनेभएको छ । संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मिडिया काउन्सिल विधेयक, २०७५ र अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक आजको बैठकमा टेबुल गरिने कार्यतालिका पनि छ । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ पेश गर्ने, उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरलेले सैनिक (पहिलो संशोधन) विधेयक, २०७६ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सैनिक (पहिलो संशोधन) विधेयक, २०७६ पेश गर्नुहुनेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र विधेयक पेश गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यतालिका आजका लागि तय भएको महासचिव भट्टराईले जानकारी दिनुभयो ।

यसै बिच पूर्वसभामुख कृष्णबहादुर महराको निलम्बन भएको सांसद पद पुनर्बाहली हुने भएको छ । संसद सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार अब महराको विषयमा खास के भएको स्पष्ट खुल्ने गरीको निवेदन संसद सचिवालयमा पेश गर्नुपर्ने हुन्छ । सरकारी निकायको पुष्टिसहितको बेहोरा अध्ययन गरेपछि सचिवालयले महराको निलम्बन पद फुकुवा गर्ने धमलाले  बताउनुभयो ।

यसैबीच सरकारी वलिकको कार्यालयले भने महराको विषयमा फैसला चित्त बुझ्दो नभएको भन्दै उच्च अदालतमा मुद्दा पुनरावेद गर्ने तयारी गरेको छ । पूर्व सभामुख महरालाई अदालतले सफाइ दिएको विषयमा पुनरावेदन जाने सरकारी वकिल नुमराज खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology