Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

रोजगारीमा दुबई पुगेकी गोरखाकी थापाले गुमाइन स्मरणशक्ति : उद्धारमा समस्या


2.9K
Shares

रोजगारीमा दुबई पुगेकी गोरखाकी थापाले गुमाइन स्मरणशक्ति : उद्धारमा समस्या

गोरखा । बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहनु भएकी गोरखाकी एक महिलाले रोजगारीकै क्रममा स्मरणशक्ति गुमाउदा समस्यामा पर्नुभएको छ । गोरखाको सहिद लखन गाउँपालिका–७ ढुङगागाढे स्थायी घर भएकी ४६ वर्षकी याम कुमारी थापाको अचानक स्मरणशक्ति गुमाउन पुगेपछि अहिले समस्या भएको पारिवारिक स्रोतले जनाएको छ ।

अक्टोबर २०१९ देखि उहाँ दुबइको एक अस्पतालमा उपचाररत हुनुहुन्छ । जहाँ थापाको मस्तिस्कको अपरेशन पनि भएको छ तर उहाँले अहिलेसम्म केही सम्झिन सक्ने अबस्थामा नरहेको बताइएको छ । उहाँसंग कुनै आफन्त वा साथी नहुदा उद्धारमा समस्या हुदै आएको बताइएको छ ।

थापाको रोजगारदाता को हुन् भन्ने पनि पत्ता लगाउन नसकिएको सामाजिक कार्यकर्ता लैला अबु बाकरलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ । विगत ४ महिनादेखि लैलाले थापाका आफन्त, रोजगारदाता वा साथी भेट्टाउने प्रयास भइरहेपनि  उहाँको स्थायी ठेगाना खुल्न सकेको थिएन ।उहाँ गोरखा बुङकोटको भएकोसमाचार सार्वजनिक भएपछि मात्र खुलेको हो  ।

नेपालमा घर ठेगाना पत्ता लगाउन सकियोस् र उहाँलाई स्वदेश फर्काउन सकियोस् । गल्फ न्यूजसँग कुरा गर्दै अबु बाकरले भन्नुभएको छ । अनुसार थापालाई अक्टोबर महिनाको तेस्रो साता अचेत अवस्थामा एम्बुलेन्मा दुबइ अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology