काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ शान्ता चौधरीले अहिलेको कानुनु पूरुषपीडक भएको बताउनु भएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको रिहाई पछि प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनु भएको हो ।
नेकपाकी सचेतक समेत रहनु भएकी चौधरीले भन्नुभयो, ‘महिलामैत्री कानुन बनाउने क्रममा पुरुषपीडक कानुन पनि बनेको छ, त्यसलाई सच्चाउनुपर्ने आबश्यकता छ ।’
सामाजिक सञ्जालमार्फत दिनुभएको प्रतिक्रियामा उहाँले भन्नुभयो, हामीले महिलामैत्री कानुन बनाउने क्रममा कतिपय अव्यवहारिक र पुरुषपीडक बन्दोबस्तीहरु पनि राख्यौँ कि? यो घटनाले सोच्न बाध्य बनाएको छ।’
चौधरीले अदालतबाट निर्दोष ठहर भएका पूर्वसभामुख कृष्णबहादुर महरामा अविचलित र परिपक्व व्यवहार भएको दाबी गर्दै महरा र उहाँको परिवारले मानसिक यातना पाएको र मुलुकले असहनीय पीडा भोगको उल्लेख गर्नुभएको छ ।