काठमाण्डौ ५, फागुन ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पर्दाथको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको निगमले जनाएको छ । उक्त मूल्य सोमबार राति १२ बजेदेखि लागू जनाइएको छ ।
स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल–डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । समायोजन पश्चात पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७–९७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।