Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

निर्दोष ठहर भएसंगै महराको स्वागतमा कारागार अगाडी सयौं कार्यकर्ता (फोटो फिचर)


4.2K
Shares

निर्दोष ठहर भएसंगै महराको स्वागतमा कारागार अगाडी सयौं कार्यकर्ता (फोटो फिचर)

काठमाडौँ, ५ फागुन । जिल्ला अदालत काठमाण्डौले निर्दोष ठहर गरेपछि थुनामुक्त हुन लाग्नु भएका पूर्वसभामुख कृष्णबहादुर महराको स्वागतका लागि सयौ कार्यकर्ता डिल्लीबजार कारागार  पुगेका छन् ।

अदालत सोमबार उहाँलाई निर्दोष भएको फैसला सुनाएको थियो । पूर्वसभामुख महराको स्वागतका लागि उहाँका शुभचिन्तक, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु हातमा फुल माला र खादा लिएर त्यहाँ पुगेका हुन् ।

उनिहरु महरालाई स्वागत गर्न आतुर देखिन्छन् । महराले जबर्जस्ती करणी प्रयासको मुद्दामा सफाई पाएसंगै उहाँलाई रिहाई प्रक्रियाका लागि डिल्लीबजार कारागार लगिएको छ ।

तस्बिर : धिरज उपरकोटीको फेसबुकबाट साभार

संसद सचिवालयकी एक महिला कर्मचारी माथी जबरजस्ती करणी प्रयास गरेको अभियोगमा महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology