Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बन्दिपुरमा होटल सञ्चालक माथि सांघातिक आक्रमण


3.5K
Shares

बन्दिपुरमा होटल सञ्चालक माथि सांघातिक आक्रमण

तनहुँ । तनहुँको बन्दिपुरमा होटल सञ्चालक माथि आक्रमण भएको छ । बन्दिपुर–४ ठुलोढुङ्गा स्थित डाफे होटलका संचालकलाई शुक्रबार राति होटलमै आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते हुनेमा होटल संचालक लालकाजी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

राति आफ्नै होटलमा खाना खाइरहेको अवस्थामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले व्यवसायी गुरुङमाथि एक्कासी रड प्रहार गरेको खुल्न आएको प्रहरीले बताएको छ । गम्भीर घाइते भएका गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएको छ । आक्रमणकारीको खोजी भईरहेको उहाँले बताउनुभयो ।

रडले आक्रमण गर्दा व्यवसायी गुरुङको टाउकोमा गम्भिर चोट लागेको र अचेत अवस्थामा रहेको क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले जानकारी दिनुभयो । आक्रमणको क्रममा गुरुङको श्रीमतीको समेतको हात भाचिएको छ।यता घटनाका सम्बन्धमा अनुसन्धान गर्न लोक गायक प्रकाश कटुवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

होटल व्यवसायी गुरुङ र गायक कटुवाल बिच होटल अगाडि आएर उल्टि गरेको विषयमा विवाद भएको र यसै विषयमा आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेको कटुवालले भने सामान्य विवाद पछी सहमति भई हात मिलाएर आफू त्यहाँबाट पोखरा हिडेको हुँदा घटनाको विषयमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology