गोरखा ५, फागुन । दुर्घटनामा परि ज्यान गुमाउनु भएका गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका अर्जुन श्रेष्ठको परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । जिल्लाको धार्चे गाउँपालिका स्थित केरौंजा मध्यामिक बिधालय अध्यापन गराउदै आउनु भएका श्रेष्ठको परिवारलाई विद्यालयले एकलाख सात हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
धार्चे गाउँपालिकाका कर्मचारीहरुबाट संकलन गरिएको रकम र विद्यालयले आफ्नै कोषबाट ४० हजार गरि एकमुष्ट कुल १ लाख सात हजार १२५ रुपैयाँ राहत सहयोगस्वरुप प्राप्त भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
बिधालयका प्रधानध्यापक सुन्दर खनाल सहितको टोली गोरखा सदरमुकाम आई दिवंगत शिक्षक श्रेष्ठकी धर्मपत्नी ज्ञानु श्रेष्ठलाई रकम हस्तान्तरण गरेको उहाँले बताउनुभयो । केरौंजा माविका सहायक प्रधानध्यापम समेत रहनु भएका श्रेष्ठको गत माघ ७ गते मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको थियो ।