Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणको काम ८३ प्रतिशत सम्पन्न


1.5K
Shares

भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणको काम ८३ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण क्षति भएका निजी आवास निर्माणको ८३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निमाणको काम परिणाममुखी नभएको जनगुनासो आईरहेको बेला प्राधिकरणले उल्लेखनीय काम भएको दावी गरेको हो ।

प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले भूकम्प बढी प्रभावित १४ जिल्लामा सांस्कृतिक सम्पदाको ५१ प्रतिशत काम पूरा भएको बताउनु भयो । यसै गरि स्वास्थ्य क्षेत्रमा एक हजार १९७ भौतिक संरचना पूनर्निर्माण गर्नु पर्नेमा ६ ६५ बनिसकेको अर्यालले जानकारी दिनुभयो ।

यसै गरी अन्य भौतिक संरचनाको काम तीव्र गतीका काम भईरहेको प्राधिकरणले जनाएको छ ।आम मानिसको जनचासो भएको धरहराको काम ३५ प्रतिशत पूरा भईसकेको प्राधिकरणले बताएको छ । यसै गरी रानीपोखरीको ५० प्रतिशत काम पूरा भएको छ ।

देशकै प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार भित्रका क्षतिग्रस्त भवनको प्रवलीकरणको काम पनि चलिरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पर्यटन बर्ष २०२० लाई लक्षित गरी काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरूको पुनर्निर्माण द्रूत गतिमा अघि बढाएको बताएको छ ।

अहिले सम्म २ ८८ अर्व ९५ करोड ३२ लाख रकम खर्च भईसकेको प्राधिकरणले जनाएको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले मानवीय सँगै ठुलो भौतिक क्षति गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology