चर्चित भारतीय रक ब्यान्ड ‘परिक्रमा’का संस्थापक एवं गितारबादक सोनाम शेर्पाको निधन भएको छ। शेर्पाको शुक्रबार अपराह्न १ बजेर २० मिनेटमा खरसाङस्थित एक होटलमा हृदयघातका कारण निधन भएको हो।
शेर्पा होटलको कोठामा उहाँ बेहोश अवस्थामा भेटिनु भएको थियो । उहाँलाई तत्कालै खरसाङ अस्पताल लगिएको थियो, अस्पताल पु¥याउनासाथ चिकित्सकहरूले शेर्पालाई मृत घोषित गरेका थिए।
हृदयाघातको कारण उनको निधन भएको बताइए तापनि पोस्टमार्टम रिपोर्टपछि मात्रै कारण बताउन सकिने खरसाङ प्रहरीको भनाइ छ।