काठमाडौं । पार्टी बिभाजन पछि एक अर्का बिरुद्ध सार्वजनिक कार्यक्रममै आलोचनामा उत्रिदै आउनु भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र समाजबादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टरार्इ बिच आईतबार भेट भएको छ । त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल प्लेन उड्न ढिलाई हुदा जनयुद्धका दुई हस्ती बिच पार्टी बिभाजन पछि फरि संयोगले भेट भएको हो ।
तर प्रचण्ड र भट्राई पछिल्लो समय छुटटाछुटटै पार्टीमा आबद्ध छन् । पार्टी फरक भएपछि प्रचण्ड र बाबुराम एकै ठाउँमा पनि बिरलै भेटिन्छन् । जनयुद्धमा तत्कालिन काग्रेस सभापती गिरिजा प्रसाद कोइरालाले आफुहरुलाई फौजी हमला बढाउन हौसाउने गरेको भन्दै जनयुद्ध दिवसका दिन यहि फागुन २ गते प्रचण्डले खुलासा गरेपछि डा.भट्टराइले त्यसलाई समेत प्रचण्डले बढाई चढाई गरेको टिप्पणी गर्नुभएको थियो । प्रचण्डको भनाईमा आलोचना गरेपछि पहिलो पल्ट उहाँहरु बिच आईतबार ।
यस्तो संयोग जुरेको हो काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । प्रचण्ड पार्टी कार्यक्रमका लागि नेपालगञ्ज जान लाग्नु भएको थियो भने डा भट्टरार्इ पोखरा जान लाग्नु भएको थियो । तर समयमा जहाज नउडेपछि उनीहरु एयरपोर्टमै केही घण्टा अड्किए ।
जहाज डिले भएपछि प्रचण्ड बाबुराम, रामबहादुर थापा ‘बादल’ अर्का नेता टोपबहादुर रायमाझीलगायतका नेताले तीन घण्टासम्म कुर्नुपर्यो । त्यहि कुराईले उहाँहरु बिच भेट हुने मौका जुरेको भट्टरार्इले गर्नुभएको ट्विटमा उल्लेख छ ।