Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राप्ती नदीमा छाडिएका तीन गोही मृत फेला, ७ वटा जालमा बेरिएको अबस्थामा भेटिए


1.9K
Shares

राप्ती नदीमा छाडिएका तीन गोही मृत फेला, ७ वटा जालमा बेरिएको अबस्थामा भेटिए

 

चितवन ४, फागनु । राप्ती र नारायणी नदीमा गएको वर्ष छाडिएका तीन वटा गोही मरेको अवस्थामा भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुई वटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो ।

ती गोही मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गर्न अङ्ग पठाइएको छ । अधिकृत खड्काले भन्नुभयो, ुमर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।ु

यसअघि यसै वर्ष दुई वटा गोही मरेको अवस्थामा भेटिएको थियो । संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र स्याटलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुवै गोही स्याटलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ ।

राप्तीमा चार वटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आइतबारबाट नै थालिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology