Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दिल्लीका मुख्यमन्त्री केजरीवालले शपथ लिंदै


1.8K
Shares

दिल्लीका मुख्यमन्त्री केजरीवालले शपथ लिंदै

एजेन्सी । आम आदमी पार्टीबाट तेस्रो पटक निर्वाचित हुनुभएका अरविन्द केजरीवालले आइतबार (आज) मुख्यमन्त्रीको शपथ लिनुहुने भएको छ । दिल्लीको रामलीला मैदानमा आज दिउँसो भव्य समारोहकाबीच उपराज्यपाल अनिल बैजलले उहाँलाई शपथ ग्रहण गराउनुहुनेछ ।

शपथ ग्रहण समारोहको तयारी सम्पूर्ण पूरा भइसकेको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । लगातार तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिन लाग्नुभएका केजरीवालले आजै मन्त्रीपरिषदपनि विस्तार गर्नुहुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शपथ गग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका सातै जना सांसद, नवनिर्वाचित आठ जना बीजेपी विधायक र सबै नगर निगम पार्षदहरुलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology