Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एघार बर्षमा पनि सकिएन दरबार पुनर्निर्माण


3.3K
Shares

एघार बर्षमा पनि सकिएन दरबार पुनर्निर्माण

अछाम जिल्ला आक्रमण भएको आइतबार (आज) १८ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वका बेला अछाममा भएको यो सबै भन्दा ठूलो आक्रमण हो । २०५८ फागुन ४ गते एकै रात जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा आक्रमण भएको थियो । आक्रमणबाट अछामको ऐतिहासिक अछाम दरबार सहित सम्पूर्ण सरकारी कार्यालयहरु ध्वस्त भएका थिए

अछाम दरबार ध्वस्त भएको १८ वर्ष भईसकेको छ । दरबार पुनर्निर्माण सुरु भएको ११ वर्षसम्म पनि निर्माण कार्य पूरा हुन सकेको छैन । दरबारलाई पुरानै स्वरुप दिने उदेश्यले पुनर्निर्माणको काम सुरु भएपनि काम गर्ने जिम्मा पाएको निर्माण व्यवसायीको लापरबाहीले दरबार अझै अधुरो छ ।

काठको अभाव देखाउँदै निर्माण व्यवसायीले ढिलासुस्ती गरिरहेको छ । अछाम आक्रमणमा तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्री सहित १ सय २३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology