Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अभिभावक गुमाएका ३ सय ५० विद्यार्थीलाई सरकाले दियो छात्रबृति


2.9K
Shares

अभिभावक गुमाएका ३ सय ५० विद्यार्थीलाई सरकाले दियो छात्रबृति

काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीका क्रममा अविभावक गुमाएका तीन सय ५० जना बालबालिकालाई पहिलो चरणमा छात्रवृति वितरण गरेको छ । छानबिन समितिको छानबिन पछि पहिलो चरणमा तीन सय ५० जनालाई छात्रवृत्ति वितरण गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको हो ।

देशभरका विभिन्न विद्यालयमा विद्यार्थीलाई आर्थिक वर्ष २०७६÷०७७ का लागि ४२ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । छानबिन समितिमा अहिलेसम्म एक हजार ५४ जनाको निवेदन परेकाले बाँकी निवेदनमाथी पनि छानबिन गरेर दोस्रो र तेस्रो चरणमा छात्रवृति वितरण गरिने उहाँले बताउनुभयो ।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, अशक्त र वेपत्ता भएका कामदारका परिवारलाई शैक्षिक विकासका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

बैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ को पहिलो संशोधन २०७३ अनुसार आधारभूत तहका लागि आठ हजार र माध्यामिक तहका लागि १२ हजार उपलब्ध गराउने गरिएको छ ।
– –

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology