Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आइतबार उच्च पहाडी भूभागमा वर्षा हुन सक्ने


1.9K
Shares

आइतबार उच्च पहाडी भूभागमा वर्षा हुन सक्ने

आईतबार सामान्यतया देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबारराति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । काठमाडौं उपत्यकाको मौसम बिहानैदेखि धुम्मिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology