दुबई । आदिवासी जनजाति युवा महासंघ, नेपाल दुबई शाखाको ऐतिहासिक प्रथम सम्मेलन सम्पन भएको छ । सम्मेलनबाट अध्यक्षमा दिपक थापा मगर अध्यक्षतामा कार्यसमिति निर्वाचित भएको आयोजकले जनाएको छ ।
आदिवासी जनजाति युवा महासंघ संघ नेपाल संघीय परिषद का अध्यक्ष जि एस गुरुङ को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा दिपक थापा मगर, बिष्णु कुमारी गुरुङ, पाल्तेन तामाङ, अजय चाम्लिङ राई, महासचिवमा गोपाल श्रेष्ठ, सहसचिवमा सृजना लिम्बु, सन्दिप रानामगर, कोषाध्यक्षमा अञ्जली लोप्चन तामाङ, लगायत चयन हुनु भएको आयोजकले जनाएको छ ।