Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कर्मचारीलाई काट्छु भन्दै खुकुरी लिएर युबक बैंक भित्र प्रवेश गरेपछि….


2.5K
Shares

कर्मचारीलाई काट्छु भन्दै खुकुरी लिएर युबक बैंक भित्र प्रवेश गरेपछि….

काठमाडौं । बैंकका कर्मचारीलाई नै काट्छु भन्दै खुकुरी लिएर एक युवक बैंक प्रवेश गरेपनि नेपाल बैंकको शाखा कार्यालयमा कोलाहाल मच्चिएको छ । शुक्रबार दिउँसो बैक भित्रै एक युवक कर्मचारीलाई काट्छु भन्दै प्रबेश गरेको थियो । खुकुरी बोकेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका४ का ४४ वर्षीय गजेन्द्रराज गिरी रहेका छन्। उनी शुक्रबार १२ बजे हेटौंडा– ४ कै नेपाल बैंकको शाखामा खुकुरी लिएर प्रवेश गरेका थिए।

त्यसपछि उनले बैंकका ब्रान्च मेनेजरलाई काटछु भन्दै धम्की दिएपछि प्रहरीलाई खबर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट असई नवीन विक्रम थापाको कमाण्डमा सादा पोशाकमा खटिएका ५ जना प्रहरीको टोलीले गिरीलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ गर्ने बेला समेत उनले प्रहरीलाई नै खुकुरी ताकेका थिए। त्यसपछि प्रहरीले पेस्तोल ताकेर गोली हान्छु भनेपछि उनले खुकुरी उज्याउन छाडेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउपछि गिरीले बैंकमा बिहीबार सुनका गहना राखेर कर्जा लिन लाग्दा सुन नक्कली होला मिल्दैन भनेपछि पख देख्लास् भन्दै बाहिरिएका थिए। त्यसको भोलिपल्ट शुक्रबार उनी सोही रिसिइबी साँध्न बा ५ च २६२५ नम्बरको गाडीमा खुकुरी हालेर बैंक पुगेका थिए।

प्रहरीले उक्त कार खुकुरीसहित नाइनस्टिक १ थान, बेल्टको बल्क फिट भएको १ थान चक्कु बरामद गरेको छ। गिरी यसअघि पनि गत कात्तिकमा सिम टिभीको कार्यालय तोडफोडमा संलग्न भई कारबाही भएर छुटेको व्यक्ति भएको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology