आँबुखैरेनी ३, फागुन । तनहुँको आँबुखैरेनी–१ सत्रसय स्थित श्री मित्रता माध्यमिक विद्यालयले आफ्नो ४९ औं बार्षिक उत्सव तथा अभिभावक दिबस बिभिन्न कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा इन्द्र बहादुर पन्त स्मृति अक्षय कोषबाट १० जना छात्रछात्रालाई २÷२ हजारको छात्रावृत्ति बितरण गरिएको बिधालयले जनाएको छ।
त्यस्तै, हाल अमेरिकामा रहनुभएका पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिनोद बावु मल्लले स्वर्गीय छोरी लुना मल्लको नाममा प्रत्येक वर्ष ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि २५ हजार रुपैंया दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा उक्त बिधालयमा अध्ययन गर्नुभएका चर्चित राष्ट्रिय कलाकार गायक पवन राना मगरले विविध सांङ्गेतिक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो ।
बार्षिक उत्सव तथा अभिभावक भेलामा प्रमुख अथिती आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, गाउँपालिका शिक्षा शाखा प्रमुख टोप बहादुर कुँवर, विद्यालयकी प्रधानाध्यापक सरिता पौंडेल (अधिकारी) शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद काराखेती, विद्यालयका शिक्षक हरि प्रसाद मिश्र, विद्याथी पवन नेपाली, बर्षा अर्याल, मकुन्द अधिकारी लगाएतकाले मन्तव्य गर्नुभएको बिधालयले जनाएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिष्मकान्त गौंलीको अध्यक्षतामा सम्पन्न भएको हो ।