Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सरकार उपलब्धी हासिल गर्ने चरणमा छ : प्रधानमन्त्री ओली


1.6K
Shares

सरकार उपलब्धी हासिल गर्ने चरणमा छ : प्रधानमन्त्री ओली

काठमाण्डौ ३, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अब उपलब्धि हाँसिल गर्ने चरणमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपललब्धिलाई संस्थागत गर्न लागिएको टिप्पणी गर्नुभयो ।

तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल परेको उल्लेख गर्दै उहाँले ६.५ आथिक वृद्धिदर रहेको र कूल आम्दानी १८ प्रतिशतभन्दा माथि पुगेको बताउनुभयो । प्रधानमन्त्री ओलीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै श्रम बजारमा थपिएका अधिकांशलाई रोजगारीमा सम्बोधन भए पनि केही सीप र दक्षताको कमी, जीवनोपयोगी शिक्षा बन्न नसकेको हुँदा केही जटिलता भएको बताउनुभयो ।

हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तीन दशकअघिको जस्तो निधेष गर्नुपर्ने शासन प्रणाली अहिलेको शासन प्रणाली नभएको दावी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हँुदै आएको बताउनुभएको छ ।

‘आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएको र सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराउँदै उहाँले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा राख्नुभयो । ओलीले अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकार लागिपरेको बताउँदै सरकारको कारबाहीपछि सुन तस्करी तहसनहस भएको दावी गर्नुभयो । प्रधानमन्त्रीको सम्वोधनपछि सत्ताधारीबाहेका २४ जना सांसद्ले उहाँलाई प्रश्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology