काठमाण्डौ, ३, फागुन । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताउनुभएको छ ।
मकवानपुरको फापरबारीमा आजदेखि सुरु भएको वागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको बताउनुभयो ।
उहाँले अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो । ‘काम नगर्ने र र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई अन्तिम मौका दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भइसकेको छ ।
अब अन्तिम मौका दिइनेछ । सो अवधिमा पनि काम नभए सरकारले कारबाही गर्नेछ, गृहमन्त्री थापाले भन्नुभयो ।