गोरखा ३, फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको आयोजनामा ४० औं राष्ट्रिय नेपाल जुनियर÷युवा रेडक्रस गोष्ठी सञ्चालन हुने भएको छ । गोरखा नगरपालिका–६ महेन्द्र ज्वोतीमा हुने गोष्ठीमा देश तथा बिदेशका गरि करिब ४ सय जनाको सहभागिता रहने रेडक्रस गोरखाका मन्त्री राजेन्द्र न्यौपानले जानकारी दिनुभयो ।
गोष्ठीमा ७७ जिल्लाबाट ३÷३ जनाको सहभागिता रहने उहाँले बताउनुभयो । नेपाल पर्यटन बर्ष २०२० को सन्र्दभ पारेर गोरखा घुम्न जाऔं भन्ने सन्र्दभ पारी कार्यक्रम गर्न लागिएको मन्त्री न्यौपानेको भनाई छ ।
कार्यक्रममा प्रत्येक जिल्लाबाट नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाबाट १ जना, युनियर युवा सर्कलबाट १ छात्र, र १ जना छात्राको सहभागिता हुने उहाँले बताउनुभयो । कार्यक्रम आउदो फाल्गुन ११ र १२ गते हुने आयोजकको भनाई छ ।