Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको धार्चे स्थित नौनीखोला क्यानोनिङको प्रशिक्षणका लागि उपयुक्त


8.3K
Shares

गोरखाको धार्चे स्थित नौनीखोला क्यानोनिङको प्रशिक्षणका लागि उपयुक्त

गोरखा ३, फागुन । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित नौलीखोला क्यानोनिङको प्रशिक्षण केन्द्र सञ्चालन गर्न उपयुक्त भएको पाइएको छ । धार्चे मनास्लु पर्यटन विकास समितिसँगको समन्वयमा क्यानोनिङ एसोसियसनले गरेको अध्ययनले क्यानोनिङको प्रशिक्षण केन्द्रका लागि उपयुक्त भएको पाइएको हो  ।

‘सडकको छेउमै छाँगो भएकाले पर्यटकलाई आउजाउमा पनि सजिलो पर्ने देखियो,’ समितिका अध्यक्ष साने गुरुङले भन्नुभयोे, ‘सुरुको एक सय मिटर क्षेत्र जोखिमपूर्ण रहेको र त्यसभन्दा तलको ७० मिटरमा क्यानोनिङ गर्न सकिने प्राबिधिकहरु बताउछन् ।’ छाँगोको ९० देखि १०० मिटर क्षेत्रमा ‘ट्रेनिङ’ चलाउन सकिने प्राबिधिकहरुको भनाई छ ।

यसका लागि बाटोसँगै केही पूर्वाधार भने बनाउनु पर्ने बताइएको छ । धार्चे क्षेत्रका २० प्रशिक्षार्थीलाई फागुन महिनामा क्यानोनिङका लागि तालिम दिन लागिएको गुरुङले जानकारी गुरुङले बताउनुभयो । ‘पानीको छाँगोबाट झर्ने काम यसै पनि गाह्रो छ,’ उहाँले बताउनुभयो, ‘स्थानीयलाई ट्रेनिङ दिन सके व्यावसायिक रूपमा क्यानोनिङ सुरु गर्न सजिलो हुन्छ ।’

नौलीखोलामा क्यानोनिङ फेस्टिवल र ट्रेनिङका लागि पर्यटन बोर्डले ९ लाख रुपैयाँ छुट्ट्याएको उहाँले जानकारी दिनुभयो । गुरुङका अनुसार मनास्लु पदमार्ग क्षेत्रमा मात्र ७४ वटा छाँगा रहेका छन् । सडक सञ्जालले पुराना पदमार्ग मेटिँदै जाँदा समितिले सडक नछोएका क्षेत्रलाई समेटेर १० पदमार्ग पहिचान गरेको छ ।

५ वर्ष लगाएर पदमार्ग पहिचान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । सन् २०२१ अगावै नक्सांकन सक्ने लक्ष्य रहेको छ । मनकामना–सहिद लखन गाउँपालिका हुँदै गोरखा दरबारसम्म धार्मिक पर्यटन पदमार्गका रूपमा पहिचान गरिएको छ । गोरखा, घ्याम्पेसाल, सितगुफा, धार्चेडाडाँ, लाप्राक नयाँबस्ती हुँदै मनास्लु जोडिने पदमार्गको पनि पहिचान भएको छ ।

पहिचान भएका पदमार्गको अवस्था, थप गर्नुपर्ने संरचनासहितको प्रतिवेदन सम्बन्धित स्थानीय सरकार र प्रदेशको पर्यटन मन्त्रालयमा बुझाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology