गोरखा २, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताउनु भएको छ । गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा श्री जनता माध्यमिक बिद्यालयको ६३ औ बार्षिकोत्सव तथा अभिभावक समारोहको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘शिक्षा क्षेत्रमा अहिले निजी बिधालय र सामुदायिक गरि बिधालय शिक्षाको कुरा चलिरहेको छ, प्रबक्ता श्रेष्ठले भन्नुभयो, निजी बिधालयलाई दोष दिएर होइन, सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बिकास गरेर मात्र सामुदायिक बिधालयमा आर्कषण बढाउन सकिन्छ ।’ उहाँले निजी बिद्यालयलाई गाली गर्नुभन्दा सामुदायिक बिधालय शिक्षालाई गुणस्तरीय बनाउन सके शैक्षिक क्षेत्रको बिकास गर्न सजिलो हुने बताउनुभयो ।
प्रबक्ता श्रेष्ठले बर्तमान सरकारले शिक्षा क्षेत्रलाई व्यवहारिक र प्राबिधिक बनाउन लागि परेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको शिक्षा प्रणाली रोजगारमूलक हुन नसकेको भन्दै राज्यले अब प्राबिधिक शिक्षालाई जोड दिएर अघि बढ्ने बताउनुभयो । नेपालको शिक्षा क्षेत्रमा प्राबिधिक बिषयलाई ध्यान नपु¥याउदा लाखौ युवा पढेर पनि बिदेशिनु पर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्न सरकार लागि परेको उहाँले बताउनुभयो ।
प्रबक्ता श्रेष्ठले नेपालको ऐतिहासिक महत्व बोकेको गोरखाको लिगलिगको काखमा रहेको सामुदायिक बिद्यालयको शैक्षिक बिकासमा आफुले सकेको सहयोग गर्ने पनि बताउनुभयो । जनता माध्यमिक बिद्यालयको नाम जनयुद्धका महान सहिद शुरेस वाग्ले नाममा नामाकरण गर्ने उहाँले बताउनुभयो । जनता माध्यमिक बिद्यालयको नाम परिबर्तन गर्न समितिले दिएको निबेदन शिक्षा मन्त्रालयमा पुगेको भन्दै यसको नाम परिबर्तन गर्न शिक्षा मन्त्रालयमा आफुले कुरा गर्ने पनि श्रेष्ठले बताउनु भयो ।
बिद्यालयको गुणस्तर सुधार गर्नको लागि जनतामा माबिमा सूचना प्रबिधि ल्याव स्थापनाको लागि सूचना प्रबिधि मन्त्रालयसंग आफुले पहल गर्ने पनि बताउनुभयो । कार्यक्रममा धिालयका प्रधानध्यापक दामोद देवकोटाले बिधालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद हरिशरण आचार्य, पालुङटार नगरपालिका–२ का अध्यक्ष लोकनाथ वाग्ले, बिधालयका सहायक प्रधानध्यापक.बिष्णु प्रसाद मरहट्टा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल राष्टिय सेवा दल (ल्ऋऋ) तथा बिधालयका छात्राछात्राहरुको बिशेष प्रस्तुती रहेको थियो ।