गोरखा २, फागुन । गोरखाको शहिद लखन गाउँपालीकाको आयोजनामा प्रथम शहिद लखन थापा मगरको १४३ औ स्मृति सभा कार्यक्रम आज सम्पन्न भएको छ । शहिद लखन थापा मगरलाई मृत्यु दण्ड दिएको उहाँको जन्म स्थान काउँले भगाँरमा आज स्मृति सभा कार्यक्रम सम्पन्न भएको हो । जहाँनिया राणा शासनको बिरुद्धमा कदम चलाउदा प्रथम शहिद लखन थापा मगर र शहिद जय सिंह चुमीलाई बुंकोटको काउँले भगारमा १९३३ फागुन २ गते रुखमा झुण्डाएर मृत्युदण्ड दिईएको थियो ।

सोही दिनको स्मृतिमा हरेक बर्ष फागुन २ गते स्मृतिसभा कार्यक्रमको आयोजना गरिदै आएको छ । आज भएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गनुभयो । उहाँले प्रथम शहिद लखन थापा मगर र शहिद जय सिंह चुमिको शालिकमा माल्र्यापण समेत गर्नुभयो ।

कार्यक्रममा स्थानिय बिभिन्न कल्ब, महिला समुह लगायतले झाकी समेत प्रस्तुत गरेका थिए । गाउँपाली स्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुने बिधार्थीहरुलाई समेत आजै पुरस्कार समेत बितरण गरिएको छ । कार्यक्रममा बोल्दै गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीले बुढिगण्डकी जलबिद्युत आयोजनाको सुनिश्चता गर्दै उत्तरी नाका खुलाउन सके पर्यटन क्षेत्रको बिकास गर्न सकिने बताउनुभयो ।

त्यस्तै गण्डकी प्रदेशका भौतिक तथा पुर्वाधार मन्त्रि रामशरण बस्नेतले आफ्नो कार्यकालमा प्रदेशमा चमत्कारी बिकास गरेर देखाउने बताउदै अबको १ बर्ष भित्रमा ढंगाढे देखि नामजुङ सम्मको बाटो पिच हुने उहाँले दावी गर्नुभयो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका कृषिमन्त्रि लेख बहादुर थापाले जनताको आकांक्षा पुरा गर्न आफुले सधै पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शहिद लखन गाउँपालीका अध्यक्ष रमेश बाबु थापा मगरले प्रथम शहिद लखन थापालाई राष्ट्रिय बिभुती बनाउनु पर्ने माग सहित ज्ञापन पत्र पेश गरेको छ ।

ज्ञापनपत्रमा शहिद जय सिंह चुमिलाई राष्ट्रिय शहिद घोषणा गर्नु पर्ने, हरेका फागुन २ गते प्रथम शहिद स्मृति दिवस घोषणा गरि राष्ट्रिय रुपमा सार्वजनिक बिदा दिनु पर्ने माग गरेको छ । शहिद लखन थापालाई २०७२ साल असोज ३ गते बसेको मन्त्रिपरिषद बैठकबाट प्रथम शहिद घोषणा गरिएको थियो । कार्यक्रम शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।