Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

प्रतिनिधि सभाको आजको बैठकलाई प्रधानमन्त्रीले संवोधन गर्नुहुने


2.1K
Shares

प्रतिनिधि सभाको आजको बैठकलाई प्रधानमन्त्रीले संवोधन गर्नुहुने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सरकारको दुई वर्ष पुगेको अवसरमा प्रतिनिधिसभाबाट सम्बोधन गर्न लाग्नुभएको हो । ओलीले संसदमा सार्वजनिक महत्वको विषयमा जानकारी दिन आजका लागि संसदको समय लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले दुई वर्षअघि फागनु ३ गते प्रधानमन्त्री पदको सपथ लिनुभएको थियो । आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुने छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजैको बैठकमा प्रधानमन्त्री के.पी.शर्मा ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

स्वास्थ्य तथा जनसंख्या एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने “प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology