गोरखा १, फागनु । २५ औं जनयुद्ध दिवसको अवसरमा नेपमल कम्युनिस्ट पार्टी निकट विधार्थी संगठन अनेरास्वबियुले गोरखाले बिहिबार साँझ सहिदहरूको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
गोरखा नगरपालिका वडा नं ६ स्थित पाटेचौरमा रहेको नेपाल कम्युनिस्ट पार्टी गोरखाको पार्टी कार्यलयमा एक कार्यक्रमका बिच दिप प्रज्वलन गरिएको भएको अनेरास्वबियुले जनाएको छ ।
दिप प्रज्वलन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी गोरखाका ईन्चार्ज कृष्ण धिताल , सह–इन्चार्ज सुशीला सिंखडा , राष्ट्रिय युवा संग गोरखाका संयोजक , अशोक शर्मा भट्ट , अनेरास्ववीयू केन्द्रीय सदस्यहरू आरके भट्ट , राजन आले मगर , अनेरास्वबियु गोरखा जिल्ला संयोजक लगायत संगठन निकट विधार्थीहरूको सहभागिता रहेको थियो ।