गोरखा १, फागुन । २५ औँ जनयुद्व दिबसको अवसरमा राष्ट्रिय युवा संघ गोरखाले बिहिवार गोरखा नगरक्षेत्रमा सरसफाई गरेको छ ।
युवासंघले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय पाटेचौरदेखि अस्पतालमार्ग, घ्याम्पेशाल चोक, हरमटारी, शक्तिचोक, बसपार्क हुँदै रानीपोखरी परिसरसम्म सरसफाई गरिएको युवा संघका जिल्ला अध्यक्ष अशोक शर्मा भट्टले जानकारी दिनुभयो ।
‘भ्रमण वर्ष मनाइरहेका बेला पर्यटकीय नगरी गोरखा आउने पर्यटकलाई स्वागत गर्न मद्धत पुगोस भनेर सरसफाई गरेका हौँ’, उहाँले भन्नुभयो, ‘यो महान जनयुद्व दिबस र त्यतिबेला लडेका शहिदहरुको सम्झना, घाईते अपाङ्गता भएकाहरुको सम्मानमा गरिएको हो ।’
नीलो ट्रयाक र रातो टोपीमा सजिएका सय भन्दाबढि युवाहरु भेला भएर सरसफाई अभियानमा सरिक भएको बताउनुभयो । युवासंघका सदस्यहरुले नगरक्षेत्रको बजारमा भएका फोहोरहरु टिप्ने, बडार्ने गरेरका थिए ।