दीपक श्रेष्ठ
गोरखा १, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठले सामाजबादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टी बिच पार्टी एकता भएको बताउनु भएको छ । जनयुद्ध दिवसको अबसरमा नेकपा गोरखाले सदरमुकाममा आज आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रवक्ता श्रेष्ठले यस्तो बताउनु भएको हो ।
नेपालमा कम्युनिष्ट पार्टीहरुले बिभिन्न बैचारिक संर्घष, टुटफुट र पुर्नगठनको प्रक्रियाबाट पुँजीबादी बिरुद्धको जनबादी क्रान्ति आधारभूत रुपमा सकेको भन्दै उहाँले अब समाजबादको आधार तयार पार्नुपर्ने बेला आएको बताउनुभयो । समाजबादले मात्र गरिब र सर्वहारा बर्गको मुक्ति गर्नसक्ने भन्दै नेपालमा यसको आबश्यकता रहेको समेत प्रवक्ता श्रेष्ठले औल्याउनुभयो ।
‘सघर्ष पनि हामी कम्युनिष्टहरुकै नेतृत्वमा ग¥यौ, हाम्रै नेतृत्वमा प्राप्त उपलब्धीहरुलाई संबिधानमा लेख्यौ, प्रबक्ता श्रेष्ठले भन्नुभयो, अब त्यसलाई संस्थागत गर्दै फेरि क्रान्तिको नयाँ दिशा तर्फ अघि बढ्न कम्युनिष्टकै नेतृत्वमा राज्य र सत्ता जरुरी र आबश्यक भएकाले त्यसका लागि पार्टी एकता अनिबार्य थियो ।’
राज्य र समाजको नेतृत्वका बैधानिक रुपमा कम्युनिष्टको हातमा ल्याउन एकता अपरिहार्य भएकाले पार्टी एकता भएको उहाँले बताउनुभयो । ‘हिजो सडकबाट जनयुद्ध, जनसर्घष, संयुक्त मोर्चाबाट पनि राज्यको नेतृत्व लियौ, अब समाजबाद जान त्यसरी नेतृत्व लिएर बैधानिक हुदैन थियो, बैधानिक नेतृत्व बिना समाजबादको आधार तयार गर्न गाह्रो थियो ।’ उहाँले भन्नुभयो ।
‘अहिले केही मान्छेहरु काग्रेसलाई हराउन मात्र पार्टी एकता भएको भन्ने भ्रम फैलाउदै छन् त्यो सरासर गलत छ’ उहाँले भन्नुभयो । दाई काग्रेस भएर काग्रेसलाई हराउन नसिकने भन्दै साच्चै कम्युनिष्ट भएर मात्र सधै हराउन सकिने उल्लेख गर्नुभयो । प्रबक्ता श्रेष्ठले पार्टी बिग्रनु र सप्रनुमा नेतामा मात्र दोष नहुने भन्दै कार्यकर्तामा समेत आलोचनात्मक चेत हुनुपर्ने आबश्यकता रहेको बताउनुभयो ।
‘कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु साच्चै कम्युनिष्ट बन्ने हो भने आलोचनात्मक संघर्ष गर्न, ठिकलाई ठिक भन्न, गलतलाई गलत भन्न सक्नुपर्छ, प्रबक्ता श्रेष्ठले भन्नुभयो, कसले को ठिक होइन, अब के ठिक भन्न तयार हुनुपर्छ नत्र पार्टी पार्टी बन्दैन ।’
उहाँले पार्टी भित्रका गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भन्दै नेता कार्यकर्ताले गुटबन्दी र बैचारिक संघर्षलाई बुझ्न सक्नु पर्ने बताउनुभयो । ‘गुटबन्दी व्यक्तिगत स्वार्थका लागि हुन्छ, बैचारिक सर्घषले नेता कार्यकतालाई उर्जाशिल बनाउछ, प्रबक्ता श्रेष्ठले भन्नुभयो, बैचारिक सर्घषले पार्टीलाई बैचारिक सघर्षको रुपान्तरणमा काम गर्छ, गुटले झुण्डहरुको स्वार्थ मात्र पुरा गर्छ ।’