Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वुहानका नेपाली लिन शनिबार नेपाल एयरलाइन्सको जहाज पठाइने


8.1K
Shares

वुहानका नेपाली लिन शनिबार नेपाल एयरलाइन्सको जहाज पठाइने

काठमाण्डौ, १ फागुन । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउनका लागि पर्सि पौने ३ बजे नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । वाइडबडी जहाज चीनको वुहान जाने भएको हो ।

वुहान जाने टोलीमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक पनि रहनेछन् । वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आगामी आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायुुसेवा निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology