Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बिप्लव समुह छोडेर जिल्ला इन्चार्ज नेकपामा प्रवेश


5.8K
Shares

गोरखामा बिप्लव समुह छोडेर जिल्ला इन्चार्ज नेकपामा प्रवेश

गोरखा, १ फागुन । नेत्र बिक्रम चन्द (बिप्लव) समुहका स्याङजा जिल्ला इन्चार्ज गोपाल पाण्डे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गर्नुभएको छ । जनयुद्ध दिवसको अबसरमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको सम्झनामा नेकपा गोरखाले आज आयोजना कार्यक्रममा पाण्डे बिप्लप समुह परित्याग गरि नेकपामा प्रवेश गर्नुभएको हो ।

उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले टीका र खादा लगाएर पार्टी प्रवेश गराउनु भएको हो । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल घर भएका पाण्डे जनयुद्ध देखि नै कम्युनिष्ट आन्दोलनमा संक्रिय रहदै आउनु भएको छ । बिप्लव समुहलाई सरकारले प्रतिबन्द लगाउनु अघि पाण्डेले सोही समुहको गोरखा जिल्ला सेक्रेटरीको रुपमा जिम्मेवारी समेत सम्हाल्नु भएको थियो ।

पार्टी प्रवेशपछि बोल्नुहुदै उहाँले बिप्लव नेतृत्वको पार्टीबाट जनताका अधिकार स्थापित हुन नसक्ने बताउनुभयो । ‘अब बिप्लवले भने जस्तो नेपालमा हतियारको राजनीतिक जरुरत छैन, पाण्डेले भन्नुभयो, ‘नेकपाले बोकेको राजनीतिक र बैचारिक दृष्टिकोणबाट नै सम्बृद्ध नेपालको सपना पुरा गर्न सम्भव छ ।’

उहाँले ८ वर्षपछि पुनः पार्टीमा धुविकृत हुने अवसर प्राप्त गरेको भन्दै खुशी समेत व्यक्त गर्नुभयो । ‘जनयुद्ध र जनआन्दोलन पछिको संघीय गणतन्त्रबाट नै नेपाल बनाउन सकिन्छ भन्‍ने ठम्याइ छ ।’ पाण्डेले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology