Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सार्वजानिक शिक्षालाई प्राबिधिक र प्रयोगात्मक बनाउनुपर्छ : मन्त्री थापा


2.9K
Shares

सार्वजानिक शिक्षालाई प्राबिधिक र प्रयोगात्मक बनाउनुपर्छ : मन्त्री थापा

गोरखा १, फाल्गुन ।
गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सार्वजानिक शिक्षालाई प्राविधीक र प्रयोगात्मक बनाउनु पर्ने बताउनु भएको छ । गोरखा नगरपालिका –२ स्थित श्री महालक्ष्मी माध्यामिक विद्यालयको ६५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री थापाले यस्तो बताउनु भएको हो ।

उहाँले नेपालको सामुदायिक बिधालयको शैक्षिक स्तरलाई बृद्धि गर्नुपर्ने आबश्यकता रहेको समेत उल्लेख गर्नुभयो । ‘शिक्षालाई प्राबिधिक र प्रयोगात्मक बनाउनु पर्ने जरुरी छ, मन्त्री थापाले भन्नुभयोे, ‘ अहिले सामुदायिक बिधालयहरु बिधार्थीहरु संख्या घट्दै गएको छ त्यस तर्फ ध्यान पु¥याउनु आबश्यक छ ।’ सरकारले शिक्षा क्षेत्रका लागि ठूलो लगानी गरेको भएपनि अपेक्षाकृत नजिता दिन नसकेको मन्त्री थापाको भनाई छ ।
उहाँले गण्डकी प्रदेश सरकारले अहिले कृषि क्षेत्रको बिकासका लागि प्रदेशभित्र एक गाउँपालिका एक कृषि पकेट क्षेत्रको कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । ‘जहाँ जस्तो खालका कृषि उत्पादन हुन्छ, त्यसक्षेत्रलाई त्यसैको पकेट क्षेत्रको रुपमा बिकास गर्नुपर्छ भन्नेमा सरकार लागि परेको छ, मन्त्री थापाले भन्नुभयो, ‘ गण्डकी प्रदेशका ८५ वटै गाउँपालिकालाई कृषि पकेट क्षेत्रको रुपमा बिकास गछौं ।’

नेपालको आर्थिक सम्बृद्धिका लागि कषि क्षेत्रको बिकास नै पहिलो आधार रहेको बताउदै उहाँले कृषिलाई व्यवसायिकताा र प्रबिधिसंग जोड्नु पर्ने बताउनुभयो । ‘ अहिले हामीकहाँ निर्वाहमुखी कृषि खेतीको परम्परा छ, त्यसले तिव्र आर्थिक सम्बृद्धिका लागि प्रभावकारी टेवा पु¥याउन सम्भव छैन, मन्त्री थापाले भन्नुभयो, अब व्यवसायिक खेती प्रणालीमा जोडदिनु आबश्यक छ ।’

मन्त्री थापाले सरकारले व्यवसायिक आधुनिक खेती गर्ने कृषकहरुलाई राज्यले उचित अनुदानको व्यवस्था गर्दै आएको भन्दै व्यवसायिक खेतीमा लाग्न कृषकहरुलाई आग्रह गर्नुभयो । ‘बिपन्न र गरिव किसानहरुलाई आत्मानिर्भर र आर्थिक टेवा पु¥याउन व्यवसाियक खेती आधार हो, त्यसका लागि राज्यले अनुदान सहयोग गर्छ । उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology