Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा ताप्लेमा बुधबार देखि २ दिने कफि नर्सरी तथा उत्पादन सम्बन्धी तालिम शुरु


5.4K
Shares

गोरखा ताप्लेमा बुधबार देखि २ दिने कफि नर्सरी तथा उत्पादन सम्बन्धी तालिम शुरु

गोरखा, २९ माघ । गोरखा नगरपालिका वडा नम्बर २ ताप्लेमा आजदेखि २ दिने कफि नर्सरी तथा उत्पादन सम्बन्धी तालिम शुरु भएको छ । ताप्ले स्थायी घरभई हाल पुल्चोक क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा डिनको प्रमुख समेत भईसक्नु भएका कृषि उद्यमी इश्वरचन्द्र बाँनियाको पहलमा तालिमको आयोजना गरिएको हो ।

तालिममा वडा नम्बर २ का ४५ जना भन्दा बढि कृषकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कृषकहरुलाई व्यवसायिक कफि खेती तर्फ आर्कषित गर्न तालिमको आयोजना गरिएको हो । धारापानी अर्गानिक कफि पकेट समितिका अध्यक्ष राजु बानियाँको अध्यक्षतामा भएको तालिमको नेपाल कम्यनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला कमिटिका सदस्य देवी बहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा जिल्ला सदस्य श्रेष्ठ सहित द्रव्यशाह क्याम्पसका गोरखाका पूर्व क्याम्पस प्रमुख एवम हेट्स नेपालका जिल्ला अध्यक्ष दिलिप देवकोटा, विकासका लागि एकेवद्धता सोड नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ, गोरखा नगरपालिका वडा नम्बर २ का वडा सदस्य कृष्णकुमार श्रेष्ठ, कफि विशेषज्ञ एवं प्रशिक्षक विर्दोस लामा लगायतले तालिमको औचित्य माथी प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology