Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लागू औषधसहित तनहुँमा दुई जना पक्राउ


1.9K
Shares

लागू औषधसहित तनहुँमा दुई जना पक्राउ

तनहुँ, २९ माघ । तनहुँमा लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आज दिउँसो १ बजे आँबुखैरनी गाउँपालिका–१, सत्रसयस्थित पृथ्वी राजमार्गमा विशेष चेकजाँचको क्रममा मुग्लिनबाट डुम्रेतर्फ जादै गरेको ग १७ प ३३७२ नम्बरको स्कुटरमा सवार दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भई हाल सुन्दरबजार नगरपालिका–८ ठाडोलाइन बस्ने ३० वर्षका आईते तामाङ र लमजुङ सुन्दर बजार नगरपालिका– ६ तार्कु घर भएका २४ वर्षका सुजन तामाङ रहेका छन्। पक्राउ परेकाहरूले प्रयोग गरेको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूले बोकेको कालो निलो झोलाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५२ थान, नुर्फिन ५१ थान र फेनारगन ५३ थान गरी जम्मा १६६ थान बरामद गरिएको इप्रका आँबुखैरनीका प्रमुख, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।
स्कुटरसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इन्स्पेक्टर सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology