Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाबुराम भट्टराई र माधब नेपाललाई मुद्धा चलाउन माग गर्दै सर्वोच्चमा रिट


4.2K
Shares

बाबुराम भट्टराई र माधब नेपाललाई मुद्धा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, २९ माघ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । अख्तियारको निर्णयलाई चुनौति दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोेच्च अदालतमा रिट दर्ता गराउनु भएको हो ।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्न्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला न्यौपानेले रिट दायर भएको हो ।

पेशीको मिति तय हुन बाँकी रहेको निवेदक न्यौपानेले जानकारी जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology