Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

स्कुटर चोरी गर्दा गर्दै गोरखाका एक व्यक्ति पक्राउ


4.3K
Shares

स्कुटर चोरी गर्दा गर्दै गोरखाका एक व्यक्ति पक्राउ

काठमाडौं, २९ माघ । काठमाडौंको दरबारमार्गबाट स्कुटर चोरी गरेर लैजाँदै गरेको अवस्थामा कलंकीबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ का मिलन न्यौपाने रहेका छ्न् ।

स्कुटर धनीले आफ्नो स्कुटर चोरी भएकोबारेमा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा खबर गरे लगत्तै उनी मंगलबार राति कलंकी चोकमा पक्राउ परेका हुन् ।

कलंकी चोकमा चेकजाँज गर्ने क्रममा न्यौपानेलाई बा.४८प ६१८६ नम्बरको स्कुटरसहित पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

स्कुटरसहित पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology