गोरखा, २९ माघ । जिल्लाको भिमसेन थापा गाउँपालीका ८ घाटँबेशिमा अज्ञात रोगका कारण बाख्रा मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
अज्ञात रोगकै कारण घाटबेशिका किसान टिकामान कुमालको एउटा बाख्रा मरिसकेको छ । त्यस्तै हरेराम ढकाल र अणप्रसाद सापकोटाको बाख्रा मर्ने अवस्थामा रहेको स्थानियले बताएका छन् । बाख्रामा झोक्राउने, घाँसपात नखाने, लत्रिएर बस्ने खालका लक्षण देखिएको छ ।
रोग बारे कुनै जानकारी नहुँदा र एकपछि अर्को बाख्रामा संक्रमण फैलिएकाले गाउँभरी फैलने हो कि भन्ने स्थानियमा त्रास बढेको छ । गाउँपालिकाबाट पशु चिकित्सक बोलाएर अज्ञात रोगबारे उपचार गराउने वडा अध्यक्ष बासु थापाले बताउनुभयो ।