Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

इच्छाकामना गाउँपालिका वडासदस्य प्रजाको आकस्मिक निधन :शोक मनाउन गाउँपालिकामा बिदा


1.6K
Shares

इच्छाकामना गाउँपालिका वडासदस्य प्रजाको आकस्मिक निधन :शोक मनाउन गाउँपालिकामा बिदा

कुुरिनटार, २९ माघ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा सदस्य खिर बहादुर प्रजाको निधन भएको छ । मंगलबार राती उपचारको क्रममा भरतपुर अस्पतलामा उनको निधन भएको हो ।

माघ २२ गते गाउँपालिका कार्यालय आएका प्रजालाई टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परिक्षण गर्न लैजादाँ बान्ता गर्न थालेपछि तत्काल गाउँपालिकाको एम्बुलेन्स मार्फत भरतपुर अस्पताल पु¥याइएको थियो ।

अचेत अवस्थामा अस्पताल पु¥याइएका प्रजाको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।

वडा सदस्यको निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयहरुमा सार्वजनिक विदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
चेपाङ तात्कालिन निर्वाचनमा नेकपा एमाले बाट निर्वा्चित वडा सदस्य हुनुहुन्थ्यो। उहाँको शवको आजै देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology