दिक्तेल । प्रथम खोटाङ दिक्तेल महोत्वसको तयारी तिव्र बनाएको छ । ‘आर्थिक समृद्धि आधार, व्यवसाय प्रवद्र्धनको लागि पूर्वाधार’ भन्ने नाराका साथ आगामी फागुन २ गतेदेखि १२ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सवको तयारी स्वरूप दिक्तेल बजारमा गेट निर्माण, आर्कषक रङ्गिन पताकाहरु लगाउने लगायतको कामलाई तिव्रता दिइएको छ ।
खोटाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६ को तयारी स्वरूप काठमाडांै लगायत विभन्न ठाउँहरुमा प्रचारप्रसारको कामलाई पनि तिव्र बनाईएको छ ।