नवलपरासी । नवलपरासीको बुलिङ्गटारमा गाउँपालिकामा गएराती भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा पर अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्किदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा रहेका चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन । मृत्यु हुनेमा ५० बर्षका यमसिहं सारु मगर, ३२ बर्षका नरबहादुर सुस्लिगं मगर, २५ बर्षका नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र ४५ का पूर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।
बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका थिए । दुर्घटनाका घाइतेको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।