Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पर्वतमा फेरि भेटियो फलाम खानी


5K
Shares

पर्वतमा फेरि भेटियो फलाम खानी

पर्वत ः पर्वतको महाशीला गाउँपालिका वडा नम्बर ६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी पुनः उत्खनन गरिने भएको छ । झण्डै सात दशकदेखि बन्द भएको खानी खानी तथा भूगर्भ विभागले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको हो ।

विभागले चालू आर्थिक वर्षमा फलाम खानीको विस्तृत सर्वेक्षण गर्न थालेको छ । त्यसका लागि भूगर्भविद् ठाकुर कँडेल, प्रकाश पोखरेलसहितको टोलीको एक सातादेखि अध्ययन गरिरहेको छ । उहाँका अनुसार इलेक्ट्रिकल रेसिस्टीभिटी (ईआरटी) को माध्यमबाट अध्ययन अनुसन्धानको काम भइरहेको छ ।

अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको छ । २ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमुना संकलन गरिरहेको पोखरेलले बताउनुभयो । यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology