धनकुटा । धनकुटाको छथरजोरपाटी–३ लामोगराकी २९ वर्षीया पवित्रा राईको आफ्नै साथीले अगुल्टोले हानेर हत्या गरेकी छिन् । शनिबार बेलुका ७ बजे सोही स्थानकी २८ वर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईबीच सामान्य विवाद भएपछि श्रेष्ठले राईलाई अगुल्टोले हानेकी थिइ्न् ।
विवादका क्रममा निर्मलाले पवित्रालाई एक्कासि दाउराको अगुल्टोले टाउको र मुखमा हिर्काएकी थिइन्। शक्त घाइते भएकी पवित्राको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ।
घटनामा संलग्न निर्मलालाई प्रहरीले पक्राउ गरी हिरासत लिइसकेको छ।